काठमाडौं । नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ।
नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम र इन्डोनेसियाको यू-२३ टिमबीच ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा साँझ ५:४५ बजे खेल हुने तालिका छ।
एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
छनोटमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन्। नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ।
प्रतिक्रिया