कनेक्ट आइपीएसबाट १० दिनमा ९ अर्ब बढीको कारोबार

कनेक्ट आइपीएसबाट १० दिनमा ९ अर्ब बढीको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।विद्युतीय भुक्तानी प्रयोगको वृद्धिसँगै नेपाल क्लियरिंग हाउस लिमीटेड(एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा उल्लेख्य कारोबार भएको छ ।

घटस्थापना (आश्विन २१) देखि एकादशी(आश्विन ३०) सम्ममा उक्त प्रणालीमार्फत ने. रु. ९.२ अर्ब बराबरको कारोबार भएको छ । उक्त कारोबार पछिल्लो वर्षको दर्शैँको तुलनामा ३१७ प्रतिशतले बढी हो ।

दशैँको समयमा नगदको कारोबार निकै हुने र नेपाली संस्कृतिसँग जोडिएकोले नगदको कारोबार चाँडपर्वमा उल्लेख्य हुने भएता पनि हाल बैंक तथा वित्तीय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरुको पहलमा चाँडपर्वमा समेत विद्युतीय कारोबारको प्रयोग निकै बढ्दै गएको देखिन्छ ।

कनेक्ट आइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्दछन् ।

कनेक्ट आइपीएसको एप र वेबमा आफ्नो खाता एकपल्ट लिंक गर्नुपर्ने हुन्छ भने मोबाईल बैंकिङ्गमार्फत प्रयोग गर्न छुट्टै रजिष्टरबिना सिधै गर्न सकिने व्यवस्था रहेको छ ।

साथै चाँड पर्वको समयमा मोबाईलबाट गरिने रकम ट्रान्स्फरलाई थप सहज गर्न कनेक्ट आइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्सफरमा लाग्ने कारोबार शुल्क आश्विन २० देखि कार्तिक २५ सम्म पूर्णरुपमा निःशुल्क गरिएको एनसीएचएलले जनाएको छ ।

Recent Comments

No comments to show.