बझाङको थलारामा पहिरोमा पुरिएर २२ जना बेपत्ता

बझाङको थलारामा पहिरोमा पुरिएर २२ जना बेपत्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ । बझाङमा पहिरोमा परी २२ जना बेपत्ता भएका छन्।

गएराति थलारा गाउँपालिका– ४ डिख्लामा गएको पहिरोमा परी २२ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १७ जना र नरे सार्कीका घरका पाँचजना रहेका छन्। गगने सार्की रोजगारीका लागि भारतमा छन्। 

सो गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन्। यतिवेला पहिरोका कारण तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रूपमा आश्रय लिइरहेका छन् । पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए।

यस्तै, अविरल वर्षाका कारण गएको पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ।  बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए। उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकोले बाटो अवरुद्ध छ। घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन।’

Recent Comments

No comments to show.