सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप १ जना पक्राउ

सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप १ जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । मोरङको धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाटमा संलग्न रहेको अभियोगमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत फारवेसगञ्ज-१० बस्ने २० वर्षीय रोशन यादव रहेका छन् । साथै उक्त घटनामा संलग्न अन्य ३ जनालाई सोही दिन साँझ प्रहरीले पक्राउ गरेको थियो ।

उक्त बैंकबाट नगद लुटपाट गरेको घटनामा संलग्न रही फरार रहेका राशनलाई सुनवर्षी नगरपालिका(८ सिक्टी नेपाल चोक नजिकबाट प्रहरीले सोमबार पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न रही गत असोज २५ गते पक्राउ परेकामध्ये श्याम मुखियाको कोठाबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ५ सय ग्राम अवैध लागूऔषध गाँजा समेत प्रहरीले बरामद गरेको छ ।

साथै बिराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई हातहतियार देखाई नगद १२ हजार रुपैयाँ लुटपाट गरेको घटनामा समेत सोही समूहका सदस्यहरुको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Recent Comments

No comments to show.