एमाले विधानलाई दिइयो अन्तिम रूप ( पूर्णपाठसहित)

एमाले विधानलाई दिइयो अन्तिम रूप ( पूर्णपाठसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेकपा एमालेले पार्टीको विधानलाई अन्तिम रुप दिएर प्रकाशनमा पठाएको छ । असोज १५ देखि १७ गतेसम्म ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर विधानलाई अन्तिम रुप दिइएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल तथा विधान मस्यौदा समितिका संयोजक एवं एमाले उपमहासचिव विष्णु पौडेल लगायत नेताहरुले सोमवार विधानलाई अन्तिम रुप दिएका हुन् ।

संगठन विभाग प्रमुख पौडेल संयोजक रहेको समितिले विधान महाधिवेशनमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेको थियो ।

विधानको नयाँ व्यवस्थामा वरिष्ठ उपाध्यक्षको नयाँ पद व्यबस्था गरिएको छ । उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ तथा ७ जना सचिव रहने व्यबस्था विधानमा गरिएको छ । प्रत्येक कमिटीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको छ ।

हेर्नुहाेस् एमालेकाे विधान


Recent Comments

No comments to show.