विमानस्थल पुगेर पर्यटनमन्त्री आलेले मागे यात्रुसँग माफी

विमानस्थल पुगेर पर्यटनमन्त्री आलेले मागे यात्रुसँग माफी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर यात्रुसँग माफी मागेका छन्। 

सोमबार छड्के अनुगमनका लागि विमानस्थल पुगेका मन्त्री आलेले आइतबार नेपाल वायुसेवा निगमको जहाजले यात्रुलाई विमानस्थलमै छाडेर उडेको घटनामा यात्रुसँग माफी मागेका हुन्। आइतबार काठमाडौंबाट भोजपुर उड्ने क्रममा निगमको जहाजले सात जना यात्रुलाई छाडेर उडेको थियो। 

टिकटमा लेखिएको समयभन्दा एक घण्टा अघि नै विमानस्थल पुगेका यात्रुलाईसमेत छाडेर निगमको जहाज उडेपछि यात्रुले मन्त्रालयमा गुनासो गरेका थिए। यात्रुको गुनासोपछि मन्त्री आले विमानस्थलको अनुगमनमा गएका हुन्।

अनुगमनपछि मन्त्री आलेले भने, ‘आइतबार भोजपुर जाने जहाजमा आधा यात्रु मात्रै किन लगियो, आधालाई किन छोडियो, कसरी त्यस्तो घटना भयो, गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छु।’ 

अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई अब कुनै असहज हुन नदिने प्रतिवद्धतासमेत जनाएका छन्। 

मन्त्री आलेसँग यात्रुहरुले विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु बोक्न नमान्ने, सरसफाइ नभएको, विमानस्थलमा यात्रुलाई चिया र कफीमा समेत ठगी हुने गरेको लगायतका गुनासो गरेका थिए।

Recent Comments

No comments to show.