त्रिविद्वारा ४७औँ दीक्षान्त समारोहको लागि आवेदन दिने म्याद थप

त्रिविद्वारा ४७औँ दीक्षान्त समारोहको लागि आवेदन दिने म्याद थप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४७औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन दिने म्याद थप गरेको छ । दसैँ बिदाको समयमा म्याद थप्न आग्रह आएअनुसार कार्तिक ५ गतेसम्मका लागि आवेदन दिने समय थपिएको हो ।

त्रिवि परीक्षा सञ्चालक समितिको बैठकले कार्तिक ५ गतेसम्म आवेदन दिने सक्ने निर्णय गरेको हो । २०७७ असार १ गते (१५ जुन २०२०)देखि २०७८ जेठ ३१ गते (१४ जुन २०२१)सम्म एक वर्षको अवधिमा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तथा एम. फिल तह उत्तीर्ण गरी परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन् ।

साथै सोही अवधिमा विद्यावारिधि (पिएच.डी.) तह पूरा गरेका विद्यार्थीहरूले ४७औँ दीक्षान्त समारोहमा सहभागी हुन पाउने कार्यालयले जनाएको छ ।

शुल्क र धरौटी एकसाथ बुझाउनु पर्ने

स्नातक तहको लागि दीक्षान्त तथा प्रमाणपत्र शुल्क २ हजार २ सय र धरौटी एक हजार पाँच सय गरी कुल ३ हजार सात सय, स्नातकोत्तर तथा एम.फिल तहको लागि शुल्क २ हजार ७ सय र धरौटी गरी ४ हजार २ सय तथा पि.एच.डी तहको लागि शुल्क ३ हजार २ सय र धरौटी गरी ४ हजार ७ सय तोकिएको छ ।

यस पटक दीक्षान्त समारोहमा एक जना मात्र अभिभावक सहभागी गराउन सक्ने र सोको लागि थप ३ सय शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । सबै तहलाई धरौटी एक हजार पाँच सय लिने र सो धरौटी रकमबाट ३ सय गाउन स्कार्फ आदिको मर्मत शुल्क भनी कट्टा गरिने सूचनामा जनाइएको छ । दीक्षान्त समारोह भएको एक वर्षभित्र प्रमाणपत्र लिइसक्नुपर्ने, अन्यथा थप जरिवाना लाग्ने समेत सूचनामा जनाइएको छ ।

यसअघि नै त्रिविको वार्षिकोत्सवको अवसरमा दीक्षान्त समारोहमा भाग लिन पाउने विद्यार्थीहरूको विवरणसहितको ५९औँ ग्रेसलिष्ट पारित भइसकेको छ जसमा २९ हजार ७ सय २९ विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने निर्णय भएको छ ।

Recent Comments

No comments to show.