साफ च्याम्पियनसिपका उपविजेता खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

साफ च्याम्पियनसिपका उपविजेता खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

‘साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता भएको नेपाली फुटबल खेलाडीहरुलाई प्रति खेलाडी पाँच लाख रुपैयाँ र प्रशिक्षकलाई तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको छ,’ सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

Recent Comments

No comments to show.