कठमाडौ । नेकपा(एमाले) ले देशभरका सबै वडाहरूमा कात्तिक ६ गते अधिवेशन आयोजना गर्ने भएको छ । एमालेले कात्तिक ६ गते एकसाथ देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने जनाइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन गर्ने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । उनका अनुसार एमाले केन्द्रीय कार्यालयले बढीमा ३ सयसम्म वडालाई जुममा जोडेर एक साथ वडा अधिवेशनको उद्धाटन गर्ने तयारी गरेको छ।
प्रतिक्रिया