राष्ट्रिय वाणिज्य बैंकले ५.४१ % वेसरेट कायम गरी सार्वजनिक गयो नयाँ ब्याजदर, कुनमा कति ?

राष्ट्रिय वाणिज्य बैंकले ५.४१ % वेसरेट कायम गरी सार्वजनिक गयो नयाँ ब्याजदर, कुनमा कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १  गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.५५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशतसम्म ब्याज दिनेछ। बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ६ प्रतिशत देखि अधिकतम ९.५५ प्रतिशतसम्म तोकिएको छ । अघिल्लो महिना बैंकको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.०६ प्रतिशतसम्म मात्र थियो । यो महिना बैंकले करिब ०.५० प्रतिशतले निक्षेपमा ब्याजदर बढाएको हो । 

बैंकले ब्याजको आधारदरमा अधिकतम ३ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । असार मसान्तमा बैंकको ब्याजको आधारदर ५.४१ प्रतिशत कायम गरेको छ । 

त्यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेका छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ८.५० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । 

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

Recent Comments

No comments to show.