प्रशिक्षक अब्दुल्लाहले साफपछि नेपाली टोली नहेर्ने, राजीनामा दिने घाेषणा

प्रशिक्षक अब्दुल्लाहले साफपछि नेपाली टोली नहेर्ने, राजीनामा दिने घाेषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन्। 

बुधबार साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक नेपाललाई फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले  खेलपछिको प्रेस कन्फरेन्समा नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने बताएका हुन्। उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका छन्।

अल्मुताइरीको प्रशिक्षणमा बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ। नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ। फाइनल पुग्न एक अंक आवश्यक्ता रहेको अवस्थामा बंगलादेशलाई अन्तिम समय बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफको इतिहासमा २८ बर्षपछि फाइनल पुग्न सफल भएको हो। 

यस अघि गत फागुनमा नेपाल झरेका अब्दुल्लाह चैतमा मुख्य प्रशिक्षकको रुपमा भित्रिएका थिए। पछिल्लो समय एन्फा विबादमा मुछिएका अब्दुल्लाहले बारम्बार मुख्य प्रशिक्षक जिम्मेवारीबाट हट्ने बताउँदै आएका थिए।

Recent Comments

No comments to show.