काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने पक्का भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरुको सूचीमा उनको पनि नाममा रहेको स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले २८ असारमा गरेको फैसलाले प्रधानमन्त्रीमा शेरबहादुर देउवा २८ असारमा नियुक्त भएका थिए । प्रधानमन्त्री बनेको तीन महिना पुग्न लाग्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना हुन थालेको छ ।
सत्ता गठबन्धनमा रहेका दलबीच मन्त्रालय बाँडफाँडको भागबण्डा मिलेसँगै शुक्रबार ९आज० मन्त्रिपरिषद् विस्तार भई आजै मन्त्रीहरूलाई शपथ गराइने तयारी छ ।
प्रतिक्रिया