रियलमी ८आई सार्वजनिक, मूल्य कति ?

रियलमी ८आई सार्वजनिक, मूल्य कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रियलमीले रियलमी ८आई आज सार्वजनिक भएको छ। 

सुपथ मूल्यमा उपलब्ध हुने फोन १२० हर्ज अल्ट्रा स्मुथ एक्सपेरियन्स लिएर आएको कम्पनीले जनाएको छ। 

फोनमा शक्तिशाली जी९६ प्रोसेसर, १२० हर्ज डिस्प्ले र ७जीबीसम्मको डाइनामिक र्याम छ भने १८ वाटको फास्ट चार्जयुक्त ५००० एमएएच ब्याट्री रहेको छ। 

कम्पनीका अनुसार ९०.८ प्रतिशत स्क्रिन टु बडी रेसियो रहेको फोनमा ६ इन्च फुलस्क्रिन छ। प्रोसेसर र स्क्रिन डिस्प्लेबाहेक रियलमी ८आईले ४ जीबी र्यामलाई ७ जीबी र्यामसम्म अपग्रेड (४जीबी प्लस १२८ जीबी) गर्न मिल्ने डीआरआई प्रविधि, डाइनामिक र्याम एक्सपान्सन सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ। 

कम्प्युटरबाट व्युत्पन्न डीआरई प्रविधि ओभरअल स्मुदनेसमा व्यापक वृद्धि ल्याउन स्मार्टफोनमा लागू गरिएको कम्पनीको भनाइ छ। फाेनमा एपहरु मत्र नभई पृष्ठभूमिका प्रक्रिया पनि द्रुतगतिमा चल्ने कम्पनीको दाबी छ। 

एक पटक चार्ज गरेपछि ४० घण्टा ब्याट्रीले साथ दिने र १२ सयवटा गीत सुन्न सकिने वा १८ वटा फिल्म हेर्न सकिने कम्पनीको दाबी छ। 

यसको मूल्य २३ हजार ७ सय ९९ रुपैयाँ (४ जीबी÷६४ जीबी) र ६÷१२८ जीबीको २७ हजार १९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 

Recent Comments

No comments to show.