फेसियल हाउसको नयाँ शाखा सुर्खेतको न्यूरोडमा

फेसियल हाउसको नयाँ शाखा सुर्खेतको न्यूरोडमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं मलबाट आफ्नो सेवा सुरु गरेको ‘ फेसियल हाउस’ले बिहीबारदेखि आफनो नयाँ शाखा सुर्खेतमा शुभारम्भ गरेको छ  । 

सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउन सफल फेसियल हाउसले वीरेन्द्रनगर सुर्खेतको न्यूरोडमा  नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन सौन्दर्यबिद सुषमा महराले रिबन काटेर शुभाराम्भ गरेकी हुन् । बिगत दुई दशक भन्दा बेसी समय देखि सौन्दर्य व्यवसाय गर्दै आएकी महाराले सञ्चालन गर्दै आएको फेसियल हाउसलाई वीरेन्द्रनगर सुर्खेतको न्यूरोडमा संचालनमा ल्याउन भने सुर्खेतका युवा व्यापारीहरु विशाल ढकाल, उपेन्द्र खडका, डम्मर गौतम सहितको टिम रहेको छ ।

गुणस्तर युक्त प्रबिधि, अन्तर्राष्ट्रिय स्तरको सुबिधा र सेवामुलक भएको फेसियल हाउसमा जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् ।

यसका साथै यस फेसियल हाउसमा अन्तराष्ट्रिय स्तरको हेयर स्टायल , हेयर कलरिङ्ग, प्रोफेसनल मेकअप लगायतमा शुभारम्भ छुटको पनि ब्यबस्था गरिएको छ ।

सुविधासम्पन्न फेसियल हाउस महिलाहरुलाई मात्र लक्षित नगरी पुरुषका लागि पनि सेवा दिई संचालनमा आएको संस्था हो । उक्त फेसियल हाउसले बेरोजगार युवा युवतीहरुलाई तालिम समेत प्रदान गर्दै आएकाले आगामी दिनमा पनि उक्त सेवालाई थप प्रभावकारी बनाउँदै अगाढि बढ्ने प्रतिवद्धता महराले उद्घाटन समारोहमा व्यक्त गरेकि छिन् । घटस्थापना देखि सुरु भएको फेसियल हाउसले ब्यूटीक्लिनिक सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्नेछ ।

२०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एउटा अग्रणी सैलूनको रुपमा स्थापित भइसकेको छ । फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ ।

टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आइ लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।

फेसियल हाउस  नेपालमा  भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तर्गत पर्दछ । फेसियल हाउसले ब्युटि ट्रेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

Recent Comments

No comments to show.