संसद अधिवेशन अन्त्य गर्ने तयारीमा प्रधानमन्त्री देउवा

संसद अधिवेशन अन्त्य गर्ने तयारीमा प्रधानमन्त्री देउवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अधिवेशन अन्त्य गर्ने तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर रुपमा संसद बैठक चल्न नदिएपछि देउवाले संसद अधिवेशनको अन्त्य गर्ने तयारी गरेका हुन् ।

सो कदमका लागि सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री  ज्ञानबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटासँग छलफलसमेत गरिसकेको बताइएको छ ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै नेकपा एमालेले संसद बैठक चल्न दिएको छैन । आफूहरुले कारबाही गरेका एघार सांसदहरुलाई पदबाट निष्कासन नगरेको भन्दै एमालेले सभामुखसंग प्रश्न उठाउँदै आएको छ ।

संसद अधिवेशन गरेपछि एमाले वार्तामा आउला भन्ने मनस्थिति प्रधानमन्त्रीको छ । एमालेले निरन्तर संसद बैठक अवरुद्ध पारेपछि संसदका काम कारबाहीसमेत प्रभावित भएको भन्दै अन्य राजनीतिक दलहरुले पनि चिन्ता व्यक्त गरेका छन् ।

Recent Comments

No comments to show.