काठमाडौँ । रामानन्द सागरले बनाएको चर्चित पौराणिक धारावाहिक रामायणमा रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ ।
अभिनेता त्रिवेदीको ८३ बर्षको उमेरमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । लामो समयदेखि अस्वस्थ रहेका त्रिदेवीको गएराती निधन भएको हो ।
भारतको मध्यप्रदेशका त्रिवेदीले रंगमंचबाट आफ्नो क्यारियर शरुवात गरेका थिए । उनी गुजराती फिल्मका चर्चित चेहेरा बनेका थिए । उनले हिन्दि र गुजराती गरि ३०० भन्दा बढी फिल्ममा काम गरेका छन् ।
उनले केन्द्रीय फिल्म प्रमाणन बोर्डको अध्यक्षको रुपमा पनि काम गरेका थिए । त्रिवेदी राजनीतिक रुपमा पनि सक्रिय रहेका थिए । उनी भारतीय जनता पार्टीबाट १९९१ देखि १९९६ सम्म सांसद समेत रहेका थिए ।
प्रतिक्रिया