न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज,कतिले भरे ?

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज,कतिले भरे ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । 

आइपीओमा तेस्रो दिनसम्ममा १८ लाख ९३ हजार ९ सय ५७ जनाले २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताको लागि आवेदन दिएका हुन् । यो माग भन्दा ११.५१ गुणा बढी हो । 

कम्पनीले शुक्रबार कार्यालय समयदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर विक्री खुल्ला गरेको हो । 

निष्काशन हुने कुल सेयर मध्ये २ प्रतिशत (४५ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । 

कम्पनीको आइपीओमा असोज १९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन पाइने छ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आस्वा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथे मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ । 

कम्पनीले यसअघि पहिलो चरणमा भदौ १ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङवासीलाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर जारी गरिसकेको छ । 

कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

कम्पनीले आयोजनाको अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ रुपैयाँ हुने र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६.५ रुपैयाँ हुने जनाएको छ ।

Recent Comments

No comments to show.