करोडौं ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

करोडौं ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। करोडौँ रूपयाँ ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित एक दर्जनलाई रकम ठगीको आरोपमा पक्राउ परेका हुन्। तामाङ सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष समेत हुन् ।

तामाङमाथि सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको आरोप लागेको छ। तर राजनीतिक शक्तिकेन्द्रको आडमा उनी पक्राउ पर्नबाट बच्दै आएका थिए। तामाङ पूर्वएमाले सभासद पनि हुन्।

उनीविरुद्ध ४६ करोड रुपैयाँ ठगीको उजुरी परेको सीआईबीले जनाएको छ। पक्राउ गरेको हो।

तामाङमाथि गत वर्ष चैतमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरेको थियो। तर त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उनीमाथिको छानबिन प्रभावकारी बनेको थिएन।

उनले सहकारीका बचतकर्ताको रकम हिनामिना गरी श्रीमतीको नाममा विभिन्न व्यवसायमा लगानी गर्ने गरेका थिए। तामाङले सिभिल होम्समार्फत् घरजग्गाको व्यवसाय पनि गर्दै आएका छन्।

Recent Comments

No comments to show.