लिखित परीक्षा पास गराइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ

लिखित परीक्षा पास गराइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई विचौलियालाई ट्राफिक प्रहरीले आज पक्राउ गरेको छ।

पक्राउपर्नेमा काभ्रे नगाउ घर भई पाटनढोका बस्ने वर्ष ३५ को मनोज वाईबा र धनुषाको महेन्द्रनगर घर भई पाटनढोका बस्ने वर्ष ३५ को संजीव राउत रहेका छन् ।

यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीसँग लिखित परिक्षा पास गरिदिन्छु भनी पैसा लिदै गरेको अबस्थामा पक्राउ गरिएको हो, उनीहरुले सेवाग्राहीबाट जनहि पैतिससय रुपैयासम्म लिने गरेको अनुसन्धानको क्रममा खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उनले ट्रायल तथा लिखित परिक्षा पास गरिदिने, फास्ट ट्रायलको व्यवस्था मिलाइदिने र अन्य काम समेत छिटो गरिदिने भनी सेवाग्राहीसँग बार्गेनिङ्ग गर्ने गरेको सूचनाको आधारमा सादा पोशाकमा ट्राफिक टोली खटाइदै आएको समेत बताए ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले यातायात कार्यालयमा आउने सेवाग्राहीलाई झुक्याउने, परिक्षा पास गरिदिने भनि रकम असुल्ने र अन्य काम छिटोछरितो गरिदिन्छु भनी रकम लिने माथी निरन्तर निग्रानी गर्दै आएको समेत महाशाखाले जानकारी दिएको छ ।

पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।

 

Recent Comments

No comments to show.