काठमाडौं । नेपाली कांग्रेस संखुवासभाको सभापतिमा पूर्वराज्यमन्त्री दीपक खड्का विजयी भएका छन्। संस्थापन इतर समूहका उम्मेदवार दीपक खड्का अत्याधिक मतका साथ विजयी भएका छन्।
संखुवासभा जिल्ला अधिवेशनमा कूल १ हजार ३ सय ५२ मत खसेकोको थियो। जसमध्ये खड्काले १ हजार १ सय ९८ मत ल्याएका छन्। खड्काका प्रतिस्पर्धी राईबहादुर राईले जम्मा ११० मत प्राप्त गरे।
उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन् ।
प्रतिक्रिया