राजु लाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कर तथा राजश्व समितिमा मनोनित

राजु लाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कर तथा राजश्व समितिमा मनोनित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आफ्ना मातहातका बिभिन्न समितिमा सदस्यहरु चयन तथा मनोनयन गरेको छ ।

संघले आफ्नो मातहतमा रहेको कर तथा राजश्व समिति नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका सदस्य नानि राज घिमिरेको सभापतित्वमा गठन गरी त्यस समितिका सदस्यहरुको मनोनयन समेत गरेको छ ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं कार्यसमिति तथा नवगठित कर तथा राजश्व समिति विच परिचयात्मक तथा मनोनयनपत्र वितरण कार्यक्रम प्यासिफिक होटल कान्तिपथमा भएको थियो ।

नवगठित कर तथा राजश्व समितिमा ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौंका महासचिव राजु लाल श्रेष्ठ मनोनित हुनु भएको छ ।

मनोनित सदस्यहरुलाई कार्यक्रम विच मनोनयन पत्र वितरण समेत गरीएको थियो ।समितिमा मनोनित हुनु भएका राजु लाल श्रेष्ठ ले आजदेखि आफ्नो काँधमा अर्को जिम्मेवारी थपिएको महसुस भएको बताउनु भएको छ । आम उपभोक्ता लाई सन्तुष्ट बनाएर ब्यबसायीहरुको हक हितमा काम गर्ने कुरामा आफुले कुनै कसुर बाँकी नराख्ने पनि उहाँले बताउनु भयो ।

राज्य र ब्यबसायी बिचमा तालमेल नमिलेको कारण कहिले काहिँ हुनेगरेको बजारको भद्रगोल अवस्थालाई समय अनुकुल नियम तथा कानुनमै परिमार्जन गरेर मिलाउनू पर्नेमा उहाँले जोड दिनु भएको छ ।भविस्यमा उपभोक्ता र ब्यबसायी बिचको दुरी घटाएर मर्यादित ब्यबसाय कायमहुने कुरामा आफु बिश्वस्त रहेको पनि उहाँले बताउनु भयो ।

Recent Comments

No comments to show.