काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
उक्त आईपीओको बाँडफाँड अहिले बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा सम्पन्न भएको हो ।
कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।
अन्तिम दिनसम्म २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र योग्य थियो । जस अनुसार ६ लाख ४४ हजार जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट सम्बन्धि कम्पनीको र विक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ ।
लगानीकर्ताले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट गएर कम्पनीको नाम छान्ने र तल्लो कोठामा १६ अंकको डिम्याट नम्बर हालेपनि तपाइलाई आइपीओ परेको या नपरेका जानाकारी हुनेछ ।
कम्पनीको आइपीओको रिजल्ट कम्पनीको विक्री प्रबन्धकको वेबसाइट,साहस उर्जा कम्पनी लिमिटेडको वेभसाइट र मेरो सेयरमा गई समेत हेर्न सकिनेछ ।
यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।
प्रतिक्रिया