काठमाडौं । छैटौं संस्करण को एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार दिउँसो सम्पन्न पुरुषतर्फको खेलमा विभागीय क्लब एपीएफलाई हराउँदै पुलिस क्लबले तेस्रो स्थान हाँसिल गरेको छ। उसले एपीएफलाई ३-० को सोझो सेटमा हराएको हो।
पहिलो सेटको अन्तिममा एपीएफको टिम केही सम्हालिन नसक्दा उसले २४-१७ हार सामना गरेको थियो। पहिलो सेटमा हार बेहोरेको एपीएफले ८-५ को अग्रता बनाए पनि पुलिसले केही समयमै १०-१४ ले आफ्नो पक्षमा अग्रता बनायो। सोही अग्रता कायम राख्दै पुलिसले दोस्र सेटमा पनि २५-१८ को जित निकाल्यो।
तेस्रो सेटमा ७-७ को बराबरी अवस्थाबाट पुलिस १२-९ पछि १८-१० ले अगि बढ्दै २५-१४ को जित हात पार्यो। यससँगै पुलिसले एपीएफलाई २५-१७, २५-१५ र ३५-१४ को सिझो सेटमा हराएको हो।
प्रतिक्रिया