दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दशैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भए अनुसार समितिले बिहीबार स्थानीय समय अनुसार साइत सार्वजनिक गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

समितिका अनुसार भारतमा अक्टोबर १५ का दिन बिहान १० बजेर २ मिनेटको लागि उत्तम समय जुरेको छ । अमेरिकाको न्यूयोर्कमा अक्टोबर १५ को ९ बजेर २१ मिनेटमा टीका लगाउने साइत जुराइएको छ ।

यस्तै टेक्सासमा १५ अक्टोबरको ८ बजेर १५ मिनेट, मेलबर्न, अस्ट्रेलियामा १५ अक्टोबरको १० बजेर ३१ मिनेटमा तथा सिड्नीमा १० बजेर २५ मिनेटमै टीका लगाउनु पर्ने साइत निकालिएको छ ।

मेलब्रनमा १०:३१ र ब्रिससेनको साइत प्रात १०:२९ मा रहेको छ । नेपालमा भने विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः ०२ बजेको साइत शुभ रहेको छ ।

विभिन्न देशहरुमा सबैभन्दा उत्तम साइतको रुपमा समय निर्धारण गरिएको जानकारी गराउँदै समयानुकुल टीका लगाउन सकिने पनि जानाकारी दिएको छ ।           

Recent Comments

No comments to show.