शिक्षक महासंघका आन्दोलन कार्यक्रम स्थगित

शिक्षक महासंघका आन्दोलन कार्यक्रम स्थगित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।नेपाल शिक्षक महासंघले चाडपर्वलाई ध्यानमा राख्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै २०७८ वैशाख २० गतेबाट चरणवद्धरुपमा चलिरहेको आन्दोलन कोभिड संक्रमण केही कम भई विद्यालयमा परीक्षाका कार्यक्रम चलिरहेको अवस्था तथा महान चाडहरूको आगमनको परिस्थितिमा सडक आन्दोलन गर्ने सही समय नभएकोले त्यस्ता कार्यक्रम हाल सञ्चालन नगर्ने जनाएको हो।

महासंघको  बैठकको निर्णय अनुसार  २०७८ असोज १४ गतेबाट दसैं, तिहार, छठलगायत चाडहरूको अवधिसम्म तोकिएका सबै सडक आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। यसका साथै २०७४ कार्तिक २८ गतेबाट देश भरिका सबै शिक्षक-कर्मचारीको उपस्थिति तथा सहभागिता हुने निर्णायक सडक आन्दोलनको कार्यक्रम यथावत् रहेको जनाएको छ।

महासंघले आन्दोलनलाई सफल र परिणाममुखी बनाउन स्थानीय तहदेखि केन्द्रसम्मका सबै सांगठनिक संरचना तथा आम शिक्षक-कर्मचारीलाई अपिल गरेको छ।

महासंघले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सिर्जित विभेद, विद्यालय कर्मचारी र बाल कक्षाका शिक्षकको तलबको विषय तथा महासंघको अधिवेशनका कार्यक्रमलाई अघि बढाउने विषयमा आन्दोलित रहेको जनाएको छ।

Recent Comments

No comments to show.