एमालेमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा रावल

एमालेमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा रावल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले १० बूँदे सहमति कार्यान्वयनका लागि गठित कार्य दलको संयोजककाे जिम्मेवारी उपाध्यक्ष भीम रावललाई दिएकाे छ । 

सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार बैठकले १० बूँदे सहमती कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि सो कार्य दललाई दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए ।

कार्यदलमा रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्ण पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका थिए भने आज नेता शंकर पोखरेललाई पनि कार्यदलमा राख्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको जनवर्गीय संगठनहरुमा देखिएको समस्या पनि तत्काल हल गर्न पार्टीका महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ । एमालेले पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधानसम्बन्धी प्रतिवेदनमा पार्टी भित्र फरक मत नरहेको पनि जनाएको छ ।

बैठकले एकीकृत कम्युनिष्ट पार्टी बनाउने पार्टीको मुख्य कार्यभार रहेको निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण कम्युनिष्ट पार्टीहरुसँगको छलफललाई अघि  बढाउने निर्णय पनि प्रचार विभाग प्रमुख भट्टराईले बताए । 

Recent Comments

No comments to show.