गोरखापत्रको कार्यकारी अध्यक्षमा सुवेदी नियुक्त

गोरखापत्रको कार्यकारी अध्यक्षमा सुवेदी नियुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पत्रकार विष्णु प्रसाद सुवेदीलाई गोर्खापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। सोमबार बसेको मन्‍त्रिपरिषद्को बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो। 

व्यसायिक पत्रकारितामा दुई दसकभन्दा बढी क्रियाशिल रहेका सुवेदी यसअघि अन्‍नपूर्ण पोस्ट, नेपाल समय डटकम लगायतका मिडियामा डिजिटल सम्पादक तथा अन्य नेतृत्वदायी भूमिका रहेर  काम गरेका थिए। २०५२ सालमा ‘हिमालय टाइम्स’दैनिक बाट पत्रकारिताको व्यवसायिक यात्रा थालेका सुवेदीले संसद, सुरक्षा, भ्रष्टाचार तथा राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दामा निरन्तर कमल चलाउँदै आएका छन्। आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गरेका सुवेदी मिडिया अध्यापन, शोध तथा तालिमलगायतका प्राज्ञिक अभ्यासमा पनि  सहभागी हुँदै आएका छन्। 

पत्रकारिता क्षेत्रमा उनको व्यवसायिक योगदानको कदर गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा विभिन्‍न नागरिक संस्थाहरूबाट सुवेदी पुरस्कृत पनि भएका छन्।

Recent Comments

No comments to show.