‘आइएमई पे’ को दसैँ अफर, हवाई टिकट खरिदमा ५० प्रतिशत क्यास व्याक

‘आइएमई पे’ को दसैँ अफर, हवाई टिकट खरिदमा ५० प्रतिशत क्यास व्याक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ को दसैँको झट्का स्कीम सार्वजनिक गरिएको छ। अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागू गरिएको छ।

यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको छ। क्यासव्याकको सीमा रु.२००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासँगै तीन दिनका लागि ५०% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पे बाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए।

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैं यो स्किममा पनि नियम र सर्तहरु लागू हुनेछन् । सबै प्रयोगकर्ताहरु आइएमई पे को माध्यमबाट हवाई टिकट खरिदमा फ्लैश बिक्री क्यासब्याकको लागि योग्य छन्।

आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टाभित्र क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ। यो स्किममा आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन्।

Recent Comments

No comments to show.