फूलपातीदेखि पूर्णिमासम्म बिना रुट परमिट जुनसुकै स्थानमा बस चलाउन पाइने

फूलपातीदेखि पूर्णिमासम्म बिना रुट परमिट जुनसुकै स्थानमा बस चलाउन पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यातायात व्यवस्था विभागले फुलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।

दशैंको समयमा हुने यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन दिने तयारी थालेको हो ।

संसदको विकास तथा प्रविधि समितिको आइतबार बसेको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले नेपालीहरूको महान् पर्व दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन दशैंको फुलपातीदेखि पूर्णिमासम्म बस चलाउन रुट परमिट खुला गरिएको जानकारी दिए ।

‘हामीले दसैँको फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट नभएका बस सञ्चालन गर्न खुला गरेका छौँ ।’ महानिर्देशक घिमिरेले भने, ‘यो बेला जुनसुकै बस, जहाँसम्म पनि यात्रु लिएर जान पाउने व्यवस्था गरेका छौँ ।’ रुट परमिट खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन तथा लैजानका लागि पालो पर्खनु पर्ने छैन् ।

छतमा पशुपंक्षी राख्न निषेध

महानिर्देशक घिमिरेले बसको छतमा मान्छे तथा पशुपंक्षी राख्न पनि निषेध गरेको जानकारी दिए । साथै सवारी साधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रुपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको बताए ।

पश्चिम जाने बसहरु नयाँ बसपार्क, कलंकी र त्यस आसपासबाट छुट्ने, पूर्व जाने बसहरु कोटेश्वरदेखि कलंकीसम्म सडकको दायाँ बायाँ विभिन्न स्थानबाट र भक्तपुरको सल्लाघारीबाट छुट्ने व्यवस्था गरिएको जानकारी गराए ।

साथै सादा पोसाकमा प्रहरी आफैं यात्री बनेर भाडादरको अनुगमन गर्ने व्यवस्था गरिएको पनि जानकारी गराए ।

Recent Comments

No comments to show.