काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विदुर नगरपालिकाको सभापतिमा हरिलाल श्रेष्ठ विजयी भएका छन् ।
सम्पन्न मतगणनामा निकटम प्रतिद्धन्दी बद्री रिमाल लाई एक मतले पराजित गर्दै श्रेष्ठले जित हात पारेका हुन् ।
सभापतिमा विजयी भएका श्रेष्ठले एकसय ३६ मत पाउँदा रिमालले एकसय ३५ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा सुमन अधिकारी र भिमसेन अर्याल विजयी भएका छन् । अधिकारीले एकसय ५६ मत पाउँदा अर्यालले एकसय ३१ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा अच्युत गिरी र सुजन गजुरेल विजयी भएका छन् । गिरीले एकसय ३५ मत पाउँदा गजुरेलले एकसय ३२ मत प्राप्त गरेका थिए ।
यस्तै सहसचिवमा रविन्द्र रिजाल र लोकस रिमालले जित हात पारेका छन् । उनीहरु दुबैले समान एकसय ३६ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया