काठमाडौँ । कामना सेवा विकास बैंकले डेभलपमेन्ट बैंकहरूमा नै पहिलो पटक छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस. डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ ।
यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरी अपलोड गरेर वालेट सेवा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गरेका हुन् । यस डिजिटल वालेटमा खाता खोल्ने, कर्जाको लागि आवेदन दिने, इन्टर अपरेवल क्युआर, एम क्यासलगायतका बैंकिङ सेवा तथा सुविधाहरू रहेको बैंकले जनाएको छ ।
एपमा फेस रिकग्निसन, आर्टिफिसियल इन्टलिजेन्सजस्ता विशेषता रहेको बैंकले उल्लेख गरेको छ ।
प्रतिक्रिया