मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना

मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ । बिहिवार रातिको खेलमा १० खेलाडीमा सीमित  बार्सिलोना क्याडिजसङ गोल रहित बराबरीमा रोकिएको हो ।

स्टार खेलाडी लियोनल मेस्सीले क्लब छाडेयता क्लब खराब लयमा छ । भ्रमणकारी टोली अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । खेलमा केही अवसर पाए पनि बार्सिलोना फिनिसिङ्गमै चुक्न पुगेको थियो  ।

यस सिजन बार्सिलोनाको तेस्रो बराबर हो । बराबरीपछि अपराजित रहेको बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ ।

बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौँ स्थानमा छ । क्याडिज ६ अंकसहित १४औँ स्थानमा छ । राति भएको ला लिगाको अन्य खेलमा रियल सोसिडाडले ग्रानडामाथि ३-२ को रोमाञ्चक जित निकालेकाे छ ।

यस्तै रियल बेटिसले ओसासुनाविरुद्ध ३-१ को जित आत्मासाथ गरेकाे छ । फाइल तस्बिर । 

Recent Comments

No comments to show.