झिनो अकंले बढ्यो नेप्से, परिसुचक २८१९ अंक पुग्दा ७ अर्ब ७२ करोडको कारोबार

झिनो अकंले बढ्यो नेप्से, परिसुचक २८१९ अंक पुग्दा ७ अर्ब ७२ करोडको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक २।७० अकंले बढेको छ ।

बिहीबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.१० प्रतिशतले बढेर २८१९.६५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार २२८ कम्पनीको ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ बराबरको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये २ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ११ वटाको परिसूचक घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ ।

Recent Comments

No comments to show.