कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा ?

कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक डाकेका छन् ।

मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनमाथि छलफल गर्न उनले दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले दिउँसो ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्न लागेको पुष्टि गरे ।

सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका बेला सरकारमा कांग्रेसबाट सहभागी हुने मन्त्रीको विषयमा पनि छलफल हुनेछ । 

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले बुधबार पनि छलफल गरेका थिए । बुधबारको बैठकले नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको अन्तर्गतको पालिकाको अधिवेशन निर्धारित मितिमै आयोजना गर्ने निर्णय गरेको थियो  ।

Recent Comments

No comments to show.