साहस उर्जाको आईपीओमा पहिलाे दिनमै पर्याे मागभन्दा धेरै आवेदन, कतिले भरे ?

साहस उर्जाको आईपीओमा पहिलाे दिनमै पर्याे मागभन्दा धेरै आवेदन, कतिले भरे ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडले आजबाट निष्कासन गरेकाे साधारण सेयर (आईपिओ) मा पहिलाे दिनमै मागभन्दा धेरै आवेदन परेकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक  एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म ५ लाख १८ हजार ८ सय ७२ जना लगानीकर्ताले ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि खुल्ला गरिएकाे भन्दा १.२ गुणा धेरै आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ विक्री खुला गरेका हो ।

निष्काशन हुने कुल शेयरमध्ये २ लाख १० हजार कित्ता (३ प्रतिशत) कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता (५ प्रतिशत) शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै शेयर विक्री नभएमा ढिलोमा असोज २० गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखाका साथै मेरो शेयर मर्फत आवेदन दिन सक्नेछन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई ६४ लाख ४० हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ६ हजार ४४ हजार जनालाई मात्र शेयर दिन पुग्छ ।

यसअघि खुलेका आइपीओमा २४ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो । जसमा कम्पनीले पहिलो चरणमा साउन २९ देखि आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयालाई ३५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरिसकेको छ ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ। कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

आयोजनाले हाल सोलुखुम्बुमा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

Recent Comments

No comments to show.