प्रतिनिधिसभाकाे बैठक आज बस्दै, के छन् सम्भावित कार्यसूची?

प्रतिनिधिसभाकाे बैठक आज बस्दै, के छन् सम्भावित कार्यसूची?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा चालु आर्थिक वर्ष २०७८/७९ को बजेटसँगसम्बन्धित दुई वटा विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ । 

बिहीबारको संसद बैठकमा आर्थिक विधेयक २०७८ माथि छलफल गरेर प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । 

अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक विधेयक २०७८ पारित गरियोस्’भनि प्रस्ताव गर्नेछन् । राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधन र पारित गरियोस् भन्ने प्रस्ताव पनि बिहीबार नै पेस हुनेछ ।

सत्तापक्षले विधेयक अगाडि बढाइरहे पनि प्रमुख प्रतिपक्षी एमाले भने सदनमा नाराबाजी गर्दै आएको छ ।

Recent Comments

No comments to show.