राजनीतिक आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

राजनीतिक आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले केपी शर्मा ओली सरकारले राजनीतिक कोटामा नियुक्त गरेका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता हुने भएका हुन् ।

अहिले भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा। युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत रहेका छन् ।

सरकारले परराष्ट्र मन्त्रालयका कर्मचारी राजदूत बनेका बाहेक राजनीतिक नियुक्तिबाट राजदूत बनेका सबै राजदूत फिर्ता गर्ने निर्णय लिएको हो ।

यससँगै अब अमेरिकाबाट डा. युवराज खतिवडा समेत फिर्ता हुने भएका छन् । उनलाई ओली सरकारले एमसीसी पास गर्ने प्रयोजनका लागि विशेष महत्वसहित अमेरिका पठाएको हो ।

यस्तै बैठकले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ।

कोभिड–१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए।

यस्तै कर्णाली करिडोरअन्तर्गत सल्लीसल्ला–सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किलोमिटर र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ किलोमिटर सडकखण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।

Recent Comments

No comments to show.