राजकुमार क्षेत्री बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

राजकुमार क्षेत्री बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएपछि राजकुमार क्षेत्रीले महानिर्देशकको जिम्मेवारी पाएका छन् ।

अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए।

३४ वर्ष हवाई उड्डयन क्षेत्रमा सेवा गरेका क्षेत्री १२औँ तहमा उपमहानिर्देशकको जिम्मेवारीमा कार्यरत थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्टताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशक तोकेको हो। 

क्षेत्री यसअघि त्रिभुवन विमानस्थलको महाप्रबधकसँगै भैरहवा, भरतपुर, विराटनगर र जनकपुर विमानस्थल प्रमुखसमेत भैसकेका व्यक्ति हुन्। 

Recent Comments

No comments to show.