एक महिनामा पचासभन्दा बढी योजना सम्पन्न गर्ने लक्ष्य राखेको छुः मन्त्री शाक्य

एक महिनामा पचासभन्दा बढी योजना सम्पन्न गर्ने लक्ष्य राखेको छुः मन्त्री शाक्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री डा अजयक्रान्ति शाक्यले आफ्नो मन्त्रालय अन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास ओटा योजना एक महिना दिनभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन्।

नेकपा एमाले काठमाडौँ महानगर कमिटी वडा १२, २१ र २२ ले संयुक्त पमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास ओटा योजना रहेछन्,’मन्त्री शाक्यले भने, ‘ती कार्यक्रम एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहिले म दैनिक १२ घण्टा मन्त्रालयमा बसेर काम गरिरहेको छु ।’

मन्त्री शाक्यले आफूले जिम्मेवारी सम्हाल्ने वित्तिकै प्रदेशको शान्ति–सुरक्षाका सन्दर्भमा विशेष चासो राख्दै कार्यक्रमहरु अघि बढाएको पनि जानकारी दिए । 

उनले बागमती प्रदेशका १३ जिल्लामध्ये १० ओटा जिल्ला मात्रै बागमती प्रहरी प्रदेशको मातहतमा रहेको भन्दै बागमतीका तीन जिल्ला पनि प्रदेश मातहतमै राख्न केन्द्र सरकारसँग आग्रह गरे ।

‘म बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री भए पनि उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँको प्रहरी मेरो मन्त्रालयको मातहतमा छ्रैनन्,’ उनले भने, ‘नेपाल सरकारको ऐनमा भएको व्यवस्थालाई अध्यादेशमार्फत् ल्याएको यो बाध्यात्मक व्यवस्थाले केही जटिलता पैदा भएको छ । त्यसलाई सहजीकरण गर्दै बागमती प्रदेशका यी तीन जिल्लाको प्रहरी पनि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा रहने व्यवस्था केन्द्र सरकारले छिटो गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

उनले बागमती प्रदेशका १ सय २ ओटा कानुन निर्माण भैसकेको जानकारी दिए ।  ‘करीब ३७ ओटा ऐन बनाउन बाँकी छ,’ उनले भने, ‘त्योसँगै केही कानुन र ऐन पनि बनाउन बाँकी छ । त्यो काममा मेरो ध्यान जानेछ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्री शाक्यको बौद्धिकताको चर्चा गर्दै जति समय रहे पनि उहाँबाट राम्रो काम हुने अपेक्षा गरेको बताए ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले पनि शाक्य बागमती प्रदेशको मन्त्री बन्नु वडा–२१ बासीको मात्रै गौरव नभई बागमती प्रदेशका जनताले बौद्धिक व्यक्तित्व प्राप्त गरेको बताए । ‘उहाँ बौद्धिक व्यक्ति हो,’ मेयर शाक्यले भने, ‘तपाईको क्षमता यहाँ प्रस्तुत गर्नुहोला शुभकामना ।’

Recent Comments

No comments to show.