काठमाडौं । सानिमा बैंक लिमिटेडले ग्राहकहरूको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । बैंकले हिन्दु नेपालीहरूको पर्व दशैंको अवसरमा विशेष योजना सार्वजनिक गरेको हो ।
असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको ।
खाता खोल्दा पहिलो वर्षका लागि डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ ।
यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाख सम्मको दुर्घटना बीमा, रु.३ लाख बराबरको घातक रोगको बीमा, रु. ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरूलाई प्रदान गरिने छ ।
सानिमा बैंकको वेबसाइटमा लगइन गरेर पनि खाता खोल्न सकिने छ ।
प्रतिक्रिया