अफगानिस्तानमा विद्यालय खुल्न थाले

अफगानिस्तानमा विद्यालय खुल्न थाले

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल । तालिबानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करीब एक महिनापछि खुल्न थालेका छन् ।

अफगानिस्तानको शिक्षामन्त्रालयले दिएको जानकारीअनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा) हरू शनिबारदेखि  सञ्चालनमा आएका छन् ।

मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन-अध्यापनमा फर्किन आग्रह गरेको छ ।

प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन् ।  

Recent Comments

No comments to show.