बुद्धभुमि नेपालको आइपीओ बाँडफाँड,यसरी हेर्नुहोस् सजिलै नतिजा

बुद्धभुमि नेपालको आइपीओ बाँडफाँड,यसरी हेर्नुहोस् सजिलै नतिजा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । नुवाकोट जिल्लाका स्थानिय बसिन्दाका लागि जारी गरेको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।

करिव ४० हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन भने ६ हजार ८५ जनाको हात खाली भएको छ ।

श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र १५ गतेसम्म शेयर बिक्री खुल्ला गरिएको थियो । कम्पनिको आईपीओमा ३२ लाख ९ हजार १ सय ३ कित्ताँको ४६ हजार ८५ जनाले आवेदन दिएका थिए ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट सम्बन्धि कम्पनीको र विक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ ।

लगानीकर्ताले विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट गएर कम्पनीको नाम छान्ने र तल्लो कोठामा १६ अंकको डिम्याट नम्बर हालेपनि तपाइलाई आइपीओ परेको या नपरेका जानाकारी हुनेछ ।

कम्पनीले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि आइपीओ जारी गरेको थियो ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

Recent Comments

No comments to show.