वडा अधिवेशनको परिणामले युवा नेतृत्व खोजेको छ : नेता महत

वडा अधिवेशनको परिणामले युवा नेतृत्व खोजेको छ : नेता महत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रमेश कुमार महत, नेपाली काङ्ग्रेस महासमिति सदस्य

नेपाली काङ्ग्रेस यति बेला चौधौं महाधिवेसनको तयारीमा छ । लामो समय देखि रोकिँदै आएको काङ्ग्रेस महाधिवेसन अहिले अघि बढ्नुमा पछिल्लो पुस्ताका नेताहरुले खेलेको भूमिका विशेष महत्वपूर्ण रहेको नुवाकोटका नेपाली काङ्ग्रेस नेता तथा महासमिति सदस्य रमेश कुमार महत बताउनुहुन्छ । आवधिक रुपमा हुनुपर्ने महाधिवेसन समयमा हुन सक्ने स्थिति नदेखिएपछि ‘सबल काङ्ग्रेसको लागि हाम्रो अभियान’ नारा सहित दबाबमूलक कार्यक्रम र सभापतिहरुको रिले अनसनका कारण अहिले कांग्रेसको महाधिवेशनको प्रकृया अघी बढाउन ठूलो सहयोग पुगेको उहाँ बताउनुहुन्छ ।

नुवाकोटको महाधिवेशन प्रक्रिया बारे जानकारी गराउँदै महत भन्नुहुन्छ, ‘महाधिवेसनको लागि सबैभन्दा महत्वपूर्ण पक्ष क्रियाशिल सदस्यताको वितरण हो । अहिले नेपालका बहुमत क्षेत्रहरुमा क्रियाशिल सदस्यता वितरण कार्य सम्पन्न भइसकेको छ । अहिले नुवाकोट जिल्लामा पनि उक्त काम सम्पन्न भइसकेको छ । हाल सम्म हामीले ८८ मध्ये ८७ वटा वडामा अधिवेशन सम्पन्न गरिसकेका छौं । बाँकी एउटा वडामा पनि छिट्टै अधिवेशन सम्पन्न हुनेछ ।’

जिल्ला सभापतिमा मेरो दावी रहने छः

अघिल्लो पटकको १३ औं महाधिवेसनमा थोरै मतले पराजित हुनुभएका महतले यसपटक पुनः नुवाकोट जिल्लाबाट जिल्ला सभापति पदको लागि उम्मेद्वारीको तयारिमा हुनुहन्छ । यसपटक वडा अधिवेशनले युवा नेतृत्व खोजेको महत बताउनुहुन्छ । नुवाकोट जिल्लामा नेपाली काङ्ग्रेस जिल्ला सचिव र महासमिति सदस्यको भूमिका निर्वाह गरी आफ्नो सवल नेतृत्वदायी क्षमता प्रदर्शन गरिसक्नुभएका महत यतिबेला वडा तहका निर्वाचनको लागि निरन्तर क्रियाशिल रहँदै आउनुभएको छ । अबको महाधिवेसनको लागि आफ्नो जनसम्पर्क सञ्जाल तथा लामो समय देखिको तयारी रहेको उहाँको धारणा छ ।

जिल्ला सभापति पदमा मेरो उम्मेदवारी किन ?

महत सदैव विकास, सुशासन र समृद्धिको लागि सही व्यक्ति नेतृत्वमा पुग्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुनुहुन्छ । देशभरको पाटी महाधिवेशन सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न हुन सकोस् भन्नेमा चिन्तनशिल रहँदै आउनुभएका महत नुवाकोटबाट सबैले रुचाइएका पात्र समेत हुनुहुन्छ ।

सकारात्मक सोच, सालिन व्यक्तित्व, सभ्य व्यवहार, छिट्टै घुलमिल हुन सक्ने स्वभाव, दीर्घकालिन योजना, उद्यमशिलताको अनुभव, सबै पक्षलाई सही व्यवस्थापन गर्न सक्ने र भावनाको कदर गर्ने क्षमता, तत्काल निर्णय लिन सक्ने सक्षमता र खारिएको राजनीतिक अनुभवले महत यसैपनि आफ्नो अलग पहिचान बनाउन सक्षम पात्र मानिनुहुन्छ ।

साथै आफ्नो सम्पूर्ण ध्यान पार्टीलाई एकढिक्का बनाउन र सबैको कल्याण हुन सक्ने गरी उचित गतिविधिहरु सञ्चालन गर्नमा केन्द्रित रहने बताउने महतको विगतको कार्यव्यवहारले समेत उक्त प्रतिवद्धता पुष्टि गर्छ । यसैकारण आफ्नो क्षमता अनुसारको प्लेटफर्म पाउनसके उक्त जिम्मेवारी सहज रुपमा स्वीकार्दै आफू मातहतका क्रियाकलापहरुलाई चुस्तदुरुस्त व्यवस्थापन गर्न र विगत देखि कायम रहँदै आएका विभिन्न समस्याहरुलाई सही तवरले सल्ट्याउन आफ्नो आवश्यकता नुवाकोटको पार्टी राजनीतिमा महसुस गरेर नै आफूले उक्त पदको लागि उम्मेदवारी दिन लागेको महतले एक्ट प्रो नेपाल डट कमसँगको कुराकानीको क्रममा बताउनुभयो ।

साथै हालै सम्पन्न भएका वडा अधिवेशनका परिणाम हेर्दा नेपाली काङ्ग्रेस नेतृत्वका तल्ला तहका नेताहरुको आशा र अपेक्षा आफूप्रति नै रहँदै आएको हुनाले पनि आफू जिम्मेवारीवोधबाट टाढिन नहुने कुरा समेत महतले बताउनुहुन्छ । आफ्नो विगतको योगदान र कार्यदक्षताबाट प्रभावित नेपाली काङ्ग्रेसप्रति आस्थावान् र विकासको चाहना राख्ने व्यक्तिहरुको आवश्यकताले नै आफूलाई यसपटक निर्वकल्प उम्मेदवारको रुपमा प्रस्तुत गर्ने महतको धारणा छ ।

पार्टीका विधान र सिद्धान्तहरुलाई राम्र्रोसँग कार्यान्वयन गर्नेछु : 

आफूबाट प्रभावित भएका व्यक्तिहरुको समर्थन र साथसहयोगको सम्मान गर्दै व्यक्तिगत स्वार्थबाट माथि उठेर सामुहिक हित हुनेगरी पार्टीका विधान र सिद्धान्तहरुलाई राम्र्रोसँग कार्यान्वयन गर्न एवं पार्टी भित्र देखिएका गुटबन्दी लगायत समस्याहरुको उचित व्यवस्थापन गर्न आफू सक्षम रहने समेत महतले बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसको राजनीतिमा महतको यात्रा :

रमेश कुमार महत नुवाकोट जिल्लामा जन्मिएर विदुर नगरपालिका (सदरमुकाम) स्थित बट्टार क्याम्पसबाट राजनीतिक जीवन शुरु गरेका महतले निरन्तर रुपमा उहाँ नेविसंघको जिल्ला सदस्य, जिल्ला कोषाध्यक्ष, जिल्ला निर्वाचन तदर्थ समिति सदस्य, तरुण दलको केन्द्रीय पार्षद हुँदै पार्टीको क्षेत्रीय सचिव, १२ औं अधिवेसनमा जिल्ला सचिव हुदै १३ अधिवेसनमा नुवाकोट जिल्ला सभापति प्रत्याशी भएका थिए छ । गत अधिवेसनमा झिनो मतले पराजित भएका महत यस अधिवेसनमा आफ्नो सहि मुल्यंकन हुने विश्वास लिएका महत यसरी विभिन्न भूमिकामा रही वि।सं २०४९ देखि नेपाली काङ्ग्रेसलाई मजबुत र व्यवस्थित बनाउने कार्यमा उहाँले निकै लामो योगदान पुर्याउनुभएको छ । पार्टी भित्र हुने गतिविधि सङ्गठन विस्तार तथा विभिन्न निर्वाचनको लामो अनुभव वोकेका महतको अव निर्वाचन पराजित हुने पार्टी होईन निर्वाचन जित्ने पार्टी वनाऊने अठोट वोकेका महत अघिल्लो पुस्ताको अनुभव र युवा पुस्ताको भावना अनुसार पार्टी संचालन हुनु पर्ने धारणा राख्दछन् । पार्टीका विभिन्न तह र निर्वचन व्यवस्थापनलाई उहाँले नजिकबाट बुझ्ने र अनुभव गर्ने अवसर पाएका महत अव पार्टी संचालन विधि र विधानलाई अगाडि राखें संचालन गर्नु पर्ने आजको काग्रेसको आजको आवस्यकता रहेको वताऊदछन् ।

यसकारण नेतृत्वमा युवा पुस्ता आउनु जरुरी छः महत

राजनीतिमा नै सम्पूर्ण जीवन समर्पण गरेका अग्रणी व्यक्तित्वहरु पनि अहिले नेपाली काङ्ग्रेस नेतृत्वमा रहँदै आउनुभएको छ । यद्यपि कांग्रेस भित्र समयक्रमले जागरुक युवा व्यक्तिहरुको आवश्यकता महसुस गरेको छ । अग्रणी व्यक्तिहरुको ज्ञान र अनुभवलाई कदर गर्दै नयाँ पुस्ताका क्षमतावान् व्यक्तिहरु अहिलेको आवश्यकता बनेको छ । जसबाट हामीले चाहेको परिवर्तनको आभास गर्न सक्छौं । मुलुकमा नयाँ सोच, क्षमता, प्रविधि, उद्यमशिलता जागरण, नयाँपनको खोजी लगायतबाट नै हामीले चाहेको आर्थिक र औद्योगिक क्रान्ति सफल हुन सक्छ भन्ने मान्यता महतको छ । सोहीकारण आफूले पनि युवा पुस्ताले आवश्यकता महसुस गरेको र आफ्नो सभापतित्व कार्यकालमा युवा शक्तिलाई विशेष महत्व दिई आफ्ना क्रियाकलापहरु अघी बढाउने उहाँ बताउनुहुन्छ ।

फरक सोचलाई उचित स्थान दिन सक्नुपर्छ :

नेपालको राजनीतिका शीर्षस्थानका सबैजसो दल भित्र विभिन्न विचारधाराका उत्पन्न हुने गरेका छन् । फ़रक विचारलाई समेट्न नसक्दा पार्टीले विभाजनको अवस्था समेत भोगेका कुरा औल्याऊदै फरक विचारधारालाई समेट्न सक्ने गरी नेतृत्वले सही व्यवस्थापकीय भूमिका निर्वाह गर्नुपर्ने जरुरी रहेको पनि महतको बुझाई छ ।

भर्खर मात्रै अघिल्लो निर्वाचन पश्चात् एकीकरण भई बहुमत प्राप्त गरेको र संसदमा २ तिहाईको बलियो समर्थन पाएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गुटउपगुटहरुकै कारण अहिले धराशयी भएको उदाहरण प्रस्तुत गर्दै उहाँले फरक विचार समूहको प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई उचित भूमिका सहित समेट्नुपर्ने आवश्यकता नेपाली काङ्ग्रेसमा पनि रहेको बताउनुहुन्छ ।

सबै पक्षलाई समेट्ने नेतृत्वबाट मात्र सम्भावित दुर्घटनाहरु टार्न र अन्तिम लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने बुझाई बोकेको महत भावी समस्याहरु प्रति पहिले नै सचेत हुनुपर्ने कुरामा जोड दिनुहुन्छ । साथै अबको समयमा सहकार्य र सहअस्तित्वबाट नै लक्षित उद्देश्य हासिल हुन सक्नेमा उहाँको विशेष जोड छ ।

यद्यपि अहिले सम्म परिस्थिति यस्तो बन्न नसक्नु दुखद रहेको उहाँको धारणा छ । अहिले विभिन्न दलहरुमा दलका आन्तरिक कमजोरीहरुलाई औंल्याएर सुधारको लागि सुझाव वा योजनाहरु प्रस्तुत गर्ने व्यक्तिलाई नै आफ्नो विरोध गरेको आरोप लाग्ने स्थिति रहँदै आएको छ । यस्तो स्थितिलाई बेलामा सुधार्न सकेमात्र हामीले चाहेको परिवर्तन सार्थक बन्न सक्ने महतको धारणा छ ।

कांग्रेस युवा नेता रमेश कुमार महत संगको कुराकानीमा आधारित

Recent Comments

No comments to show.