सार्वजनिक भयो नेपालमा एड्भेन्चर रेभिट २५०, यस्तो छ मूल्य र फिचर

सार्वजनिक भयो नेपालमा एड्भेन्चर रेभिट २५०, यस्तो छ मूल्य र फिचर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। एड्भेन्चर ह्विल्सले पोखरामा नयाँ मोटरसाइकल रेभिट २५० सार्वजनिक गरेको छ ।

रेभिट ब्रान्डको सो मोटरसाइकलको मूल्य ५ लाख रुपैयाँ भए पनि हाल चाडपर्व अफरको रुपमा ५० हजार रुपैयाँ छुट उपलब्ध हुने बताईएको छ ।

मोटरसाइकलमा ३ वर्ष सम्मको वारेन्टी उपलब्ध भएको कम्पनीको भनाइ छ ।

यस्ता छ विशेषता

मोटरसाइकलमा २५० सीसीको इन्जिन छ, जसले २५ बीएचपी पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । १०.५ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलले ३० देखि ३५ किलोमिटर सम्मको माइलेज दिने बताइएको छ ।

मोटार्ड र डर्ट गरी दुई टायर अप्सनमा उपलब्ध सो मोटरसाइकल रेड र ह्वाइट गरी दुई कलर अप्सनमा उपलब्ध हुनेछ ।

Recent Comments

No comments to show.