काठमाडौं । काठमाडौंका शैक्षिक संस्थामा तत्काल भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नपाइने भएको छ।
३१ भदौमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भौतिक उपस्थितिमा पठन–पाठन नगराउन आदेश दिएको हो।
यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले १ असोजदेखि स्थानीय सरकारको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेका थिए। तर, कोभिड–१९ को जोखिम कम नभएकाले तत्काल पठन–पाठन नगराउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो।
कार्यालयले भीडभाड, जुलूस, सभा–सम्मेलन नगर्न पनि आग्रह गरेको छ।
प्रतिक्रिया