दोहोरो अंकले घट्यो नेप्से,परिसुचक २८८९ अंक पुग्दा ५ अर्ब ३५ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से,परिसुचक २८८९ अंक पुग्दा ५ अर्ब ३५ करोडको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको कारोबारको चौथोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । cfh बुधबार नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२२ कम्पनीको ५ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बढीको १ करोड ५ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.९८ प्रतिशतले घटेको । यस्तै, विकास बैंक, निर्जीवन बीमा, हाइड्रोपावर र होटल समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्मा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स १७ करोड र आइसीएफसी फाइनान्स १५ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

उच्च अंकले घटेको बजारमा आज एनआइबीएल समृद्धि फण्ड १ का इकाईधनीले सबैभन्दा धेरै ६.८८ प्रतिशत गुमाएका छन् । यस्तै, हिमालयन ऊर्जा कम्पनीको ५.८३ प्रतिशत, गोर्खाज फाइनान्स ५.४१ प्रतिशत, रुरु जलविद्युत्, सिन्धु विकास बैंक, गुडविल फाइनान्स, नेपाल हाइड्रो डेभलपर र आइसीएफसी फाइनान्सको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

घट्दो बजारमा आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य भने सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेको छ ।

Recent Comments

No comments to show.