कक्षा १२को परीक्षा आजदेखि, देशभरबाट तीन लाख ७४ हजारले परीक्षा दिँदै

कक्षा १२को परीक्षा आजदेखि, देशभरबाट तीन लाख ७४ हजारले परीक्षा दिँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आज (बुधबार)देखि सुरु गर्दै छ। 

राष्ट्रिय परीक्षा बोर्डले यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट सुरु गर्न लागेको हो ।

असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी हुँदै छन् । यसअघि साउन ३१ गतेबाट तय भएको परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाएको थियो । परीक्षाका लागि ४ हजार ३१५ विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यसपटक आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ ।

Recent Comments

No comments to show.