क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सी अवैध रहेको बताएको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गतिविधि भएको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ ।

बिहीवार एक विज्ञप्ति निकालेर राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार नगर्नरनगराउन चेतावनी दिएको छ ।

क्रिप्टोकरेन्सीको कारोबार गर्ने, प्रचारप्रसार गर्ने र प्रोत्साहन गर्नेरगराउने समेत गरेको पाइएको र यस्ता कार्यबाट सर्वसाधारण ठगिएको भन्दै राष्ट्र बैंकले यस्ता गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

सूचनामा भनिएको छ, ‘हालका दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबाररप्रयोगरमाइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्नेरगराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरु ठगिएकोरठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरेरगराएको पाइएमा प्रचलित कानुनबमोजिम सजाय हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

Recent Comments

No comments to show.