कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणना गर्ने सरकारको निर्णय

कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणना गर्ने सरकारको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले  राष्ट्रिय जनगणना-२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ। 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको हो। स्वीकृत तालिकाअनुसार अब कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना हुने सरकारका प्रवक्ता एवं  कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

यसअघि केन्द्रीय तथ्यांक विभागले असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण जनगणना स्थगित भएपछि नयाँ कार्यतालिनका बनाइएको हो। जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने प्रवक्ता कार्कीले जानकारी दिए।

केन्द्रीय तथ्यांक विभागका निर्देशक डुण्डीराज लामिछानेका अनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन्।

‘गणकलाई कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ,’ लामिछानेले भने, ‘तालिनमपछि उनीहरुदे कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणनाको मूल काम गर्नेछन्।’

नेपालमा वि.सं. १९६८ सालबाट औपचारिक रुपमा जनगणना शुरु भएको हो। तर, विभिन्न समयमा भएका घटनाक्रमले जनगणना अभियानलाई पनि प्रभावित पार्ने गरेको छ। 

यसअघि २००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो। नेपालमा पछिल्लो जनगणना २०६८ सालमा भएको थियो। जतिबेला नेपालको जनसंख्या २ करोड ६८ लाख भन्दा धेरै थियो।

Recent Comments

No comments to show.