अमेरिकी दूतावासले भन्यो–’ ‘एमसीसीबारे तथ्यपूर्ण बहसकाे पक्षमा छाैँ’​

अमेरिकी दूतावासले भन्यो–’ ‘एमसीसीबारे तथ्यपूर्ण बहसकाे पक्षमा छाैँ’​

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा रहेको अमेरिकी दूतावासले आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको छ ।  

सोमवार बेलुकी एक विज्ञप्ति निकाल्दै दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे तथ्यपूर्ण बहसको पक्षमा रहेको बताएको हो ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आउने पूर्वसन्ध्यामा  अमेरिका दशकौंदेखि नेपाल र नेपाली जनताको समृद्धि चाहने देशको भएको ट्वीटमा उल्लेख गर्दै नरम प्रस्तुतिको संकेत गरेको छ ।

दूतावासले लेखेको छ, ‘हामी एमससीबारे हुने तथ्यमा आधारित बहसको पक्षमा छौँ, लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार छ ।’

नेपालका अधिकांश नेता, कानूनवत्ता तथा नागरिक अगुवाहरुले संशोधनपछि मात्रै एमसीसी पारित हुनुपर्ने बताइरहेका छन् ।

Recent Comments

No comments to show.